arrow

आईएमई लाइफ इन्स्योरेन्सले क्रिकेट टोलीलाई २५ लाखको म्यादी जीवन बीमा दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
imelifeinsurance-cricket-.jpg

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा सम्पूर्ण टी–२० नेपाली क्रिकेट टोलीलाई बिमाङ्क रु. २५ लाख बराबरको आईएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । 

कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको मनोबल बढाउन र सम्मान स्वरुप खेलाडीहरुलाई सो जीवन बीमा प्रदान गर्ने भएको हो ।

आईएमई लाइफ इन्स्योरेन्सले ‘टी–२० विश्वकप फाइनल एसिया’ को टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्वपूर्ण योगदान पुर्याएका सम्पूर्ण २० खेलाडीहरुलार्ई आईएमई सुरक्षा म्यादी जीवन बीमाद्वारा पुरस्कृत गर्ने घोषणा गरेको छ । 

यूएईविरुद्ध उत्कृष्ठ प्रदर्शन गरी फाइनलमा प्रवेश गरेको नेपालले आइतबार ओमानसँग खेल्ने छ । राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको आईएमई लाइफ इन्स्योरेन्सले जनाएको छ । 

साथै इन्स्योरेन्स कम्पनीले नेपाली क्रिकेट टोलीलाई ‘टी–२० विश्वकप फाइनल एसिया’ को फाइनल खेलका लागि हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनहरुमासमेत नेपाली खेलकुद जगतलाई समर्थन तथा प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ