arrow

एकै परिवारका चार जनाको हत्या 

मुगुमा वंश नाश, हत्या प्रकरण अनुसन्धानको जिम्मा लियो सीआईबीले

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०८० कार्तिक १९ आइतबार
mugu-hatya.jpg

मुगु । मुगु छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँमा वंश नै नाश हुने गरि भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गर्न सुरु गरेको छ । सामूहिक हत्या भएको हप्ता दिन बढी समय बितिसक्दा पनि हत्याको कारण र हत्यारा बारे प्रहरीले कुनै तथ्य प्रमाण नभेटाई रहेका बेला थप अनुसन्धान र हत्यारा पत्ता लगाउन सीआइबीले मुगु सामूहिक हत्या प्रकरणको अनुसन्धान जिम्मा लिएको हो ।

गत ८ गते हत्या भएको प्रहरी अनुमान गरे पनि प्रहरीले १० गते बिहान ९ बजे मात्र सूचना पाएको थियो । सूचना पश्चात् घटना स्थलमा पुगेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वको प्रहरीले घर भित्र २८ वर्षीया आमा श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज बोहरा, ८ वर्षीया छोरी अप्सरा बोहरा र ८ महिने छोरा रहर बोहराको सामूहिक हत्या गरिएको अवस्थामा फेला पारेको थियो ।

११ गते हत्याको अनुसन्धान गर्न जुम्ला र कर्णाली प्रदेश प्रहरीबाट अनुसन्धान अधिकृत सहितको र कोहलपुरबाट अनुसन्धान कुकुर सहित टोली मुगु पुगी अनुसन्धान शुरु गरेका थिए । डक अनुसन्धान टोलीले आवश्यक सूचना दिएर १२ गते नै कोहलपुर फर्कियो भने मुगु डीएसपी वीरेन्द्र थापा सहितको अन्य दुई टोलीले अनुसन्धान जारी राख्यो ।

वैदेशिक रोजगारीमा रहेका मृतक श्रीदेवीका श्रीमान् ११ गते नै कतारबाट नेपाल फर्केर मुगु पुगेपछि घटना स्थलबाट प्रहरीले चारै शव उठाएर परीक्षणका लागि जिल्ला अस्पताल मुगु पुर्‍याएको थियो । चारै शवको १३ गते सोमबारसम्म शव परीक्षण गर्ने कार्य सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नउठाउने अडान श्रीमान् दीपक बोहरा र आफन्तले लिएपछि शवको केही दिन दाहसंस्कार हुन सकेन । यसैवीच १६ गते बिहान ५ बजे जिल्ला अस्पतालबाट श्रीमान् दीपक बोहरा एकाएक बेपत्ता भए । उनी मानसिक सन्तुलन गुमाउँदै जान थाले पछि जिल्ला अस्पतालमा उपचारार्थ आफन्तले भना गरेका थिए ।

दिन भरी प्रहरी र स्थानीयहरूले खोजी गरे पनि दीपक १६ गते राती ८ बजे छायानाथ रारा नगरपालिका वडा न ४ भामवाडा गाउँमा एक आफन्तको घरमा बसिरहेको फेला परे । फेला परेका दीपकलाई छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले जिम्मा लिँदै सम्झाइ बुझाइ र हत्यारा जो सुकै होस प्रहरीले पत्ता लगाउने र आफुले सघाउने विश्वास दिलाएर पछि मृतक श्रीमती, २ छोरा र १ छोरीको शव बुझ्न राजी भई १७ गते चारै जनाको शव बुझी दाहसंस्कार गरे ।

घटना घटेदेखि मृतकहरूको दाहसंस्कार हुँदाका दिनसम्म प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाउँदै कयौँ व्यक्तिहरूलाई सोधपुछ गर्‍यो । फिल्डमा गर्नुपर्ने अनुसन्धानको मेनुल्ली सबै काम हामीले गर्‍यौ र अहिले पनि गरिरहेका छौ । सीआईबीले प्रविधि अनुसन्धान गर्ने कार्य अघि बढाएको छ प्रनाउ वीरेन्द्र थापाले बताए।

सीआईबी प्रहरी नायव उपरीक्षक धर्म भण्डारीको नेतृत्वमा मुगु घटनाको थप अनुसन्धान गर्न सीआईबी टोली खटिएर काम गरिरहेको छ । यस अघिका अनुसन्धान टोलिले फेला पारेका मेनुल्लि तथ्य र सीआईबीले अनुसन्धान गरिरहेको प्रविधि तथ्य केलाउँदै हत्यारा नजिक पुग्न सीआईबीले मुगु घटना अनुसन्धान जिम्मा लिएको हो । सिआइविले जिम्मा लिएपनी स्थलगत खटिई अनुसन्धान गरिरहेको टोली र सिआवि टोलीको समन्वयमा नै आगामी अनुसन्धान अघि बढ्ने र हत्यारा छिट्टै पत्ता लाग्ने कर्णाली प्रदेश प्रहरी सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालचन्द्र भट्टराई बताए ।

मुगु घटनालाई उच्च प्राथमिकतामा राख्दै कर्णाली प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक भीम प्रसाद ढकाल गत १२ गते मुगु पुगी अनुसन्धान सहयोग गरिरहेका छन् । शनिवारबाट सीआइबी थपिएसङै लमुगुमा सुर्खेत, जुम्ला र मुगु प्रहरी गरि चार वटा टोलिले मुगु सामूहिक हत्याको अनुसन्धान गरिरहेका छन् ।

विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिहरूसँग भेरिफाइ गर्न कम्तीमा १ देखि २ दिनसम्म लाग्छ । चार जनाको हत्या भएको छ कयौँ जनासँग सोधपुछ र भेरिफाइ गर्दा धेरै दिन लाग्नु अनौठो होइन । मुगु सुगम जिल्ला होइन यहाँ अनेकौँ कठिनाइका बाबजुद काम गर्नु पर्छ एक त घटनाको सूचना प्रहरीसम्म ढिला आइपुग्यो पुग्यो, फोन, नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धान सम्बन्धी क्रियाकलाप गर्न घटना स्थल, सदरमुकाम र आसपास क्षेत्रमा पटक पटक आवत जावत गर्न कठिनाइ छ यस्तै विविध समस्याले अनुसन्धान प्रभावित भइरहेको छ प्रनाउ वीरेन्द्र थापाले भने प्रहरीले अहिले प्रविधि मेनुल्ली दुई तरिकाबाट मुगु घटनाको अनुसन्धान गरिरहेको अनुसन्धानमा केन्द्रीय सीआईबी टोली पनि थपिएकाले घटना बारे सबै तथ्य छिट्टै बाहिर आउने प्रहरीले विश्वास लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ