arrow

सशस्त्रले टेन्ट र पालसहित तीन ओटा ‘डीआरएस’ पठायो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
apf-earthquake-jajarkot-208.jpg

काठमाडौँ । भूकम्प पीडितहरुको लागि सशस्त्र प्रहरी बल नेपालको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम (डीआरएस) कन्टेनर टेन्ट र पाल लिएर त्यसतर्फ पठाइएको छ । 

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान करिब पौने ४ बजे तीन वटा कन्टेनरमा १० हजार पाल र ७ सय थान डोम टेन्ट लिएर पश्चिम रुकुमको लागि हिँडेको हो । 

उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान टेन्ट र नं २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार पाल लिएर ३ वटा कन्टेनर गएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।

यसअघि भूकम्प पीडितहरुको लागि आवश्यक सामग्रीसहित दाङबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम (डीआरएस) कन्टेनर पठाइसकिएको वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए । 

आज पनि भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलले उद्दार कार्य जारी राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ