arrow

टी–२० विश्वकप छनोट

नेपाल र ओमान मैदानमा, नेपाल ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
cricket-nepal-oman-2023-11-.jpg

काठमाडौँ । विश्वकप टी–२० क्रिकेटमा छनोट भइसकेका एसिया छनोटका दुई टिमहरु नेपाल र ओमानले छनोटको फाइनल खेल खेल्दै गरेका हुन् । नेपालले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।

खेल त्रिविविको मैदान कीर्तिपुरमा ११ बजेदेखि शुरु हुँदैछ । समूह चरणमा ओमानले नेपाललाई ५ रनले हराएको थियो । नेपालले सेमिफाइनलमा यूएईलाई र ओमानले बहराइनलाई हराएको थियो । 

सन् २०२४ मा अमेरिका र वेष्टइन्डिको संयुक्त आयोजनामा विश्वकप टी–२० हुँदैछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्नेछ । यसअघि सन् २०१४ मा खेलेको थियो । 

ओमानले तेस्रोपटक विश्वकप खेल्नेछ । 

विश्वकपमा वरीयताप्राप्त १२ टिमहरुले स्वतः विश्वकप खेल्नेछन् भने बाँकी ८ टिमको अहिले भइरहेको छनोट जस्तै तरिकाले छनोट भइरहेको छ । 

२०२४ को विश्वकपमा २० टिम सहभागी हुनेछन् । 

आजको खेलमा उठेको आयमध्ये ५० प्रतिशत नेपाल क्रिकेट संघ क्यानले जाजरकोटको भूकम्प पीडितका लागि दिने निर्णय गरेको छ । 

त्यस्तै क्यानले दर्शकका लागि थप रोचक अफर दिने क्रममा छक्का गएको बल एक हातले क्याच गर्ने दर्शकलाई २० हजार रुपैयाँ दिने घोषणासमेत गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ