arrow

टी–२० विश्वकप छनोट

ओमानसँग नेपालको कमजोर ब्याटिङ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
kushal-bhurtel-aasif-sheikh.jpg

काठमाडौँ । विश्वकप टी–२० क्रिकेटमा छनोट भइसकेका एसिया छनोटका दुई टिमहरु नेपाल र ओमानले छनोटको फाइनल खेल खेलिरहेका छन् । त्रिविविको मैदान कीर्तिपुरमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । 

नेपालले कमजोर ब्याटिङ गरेको छ । नेपालले १० ओभरमा ६० रन जोड्दा ४ विकेट गुमाइसकेको छ । 

नेपालका लागि कुशल भुर्तेल २२ बलमा ३१, सन्दीप जोरा १३ बलमा १०, आपसिm शेख ६ बलमा ६ तथा कुशल मल्ल ९ बलमा ३ रन बनाएर आउट भए । 

समूह चरणमा ओमानले नेपाललाई ५ रनले हराएको थियो । नेपालले सेमिफाइनलमा यूएईलाई र ओमानले बहराइनलाई हराएको थियो । 

सन् २०२४ मा अमेरिका र वेष्टइन्डिको संयुक्त आयोजनामा विश्वकप टी–२० हुँदैछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्नेछ । यसअघि सन् २०१४ मा खेलेको थियो । ओमानले तेस्रोपटक विश्वकप खेल्नेछ । 

विश्वकपमा वरीयताप्राप्त १२ टिमहरुले स्वतः विश्वकप खेल्नेछन् भने बाँकी ८ टिमको अहिले भइरहेको छनोट जस्तै तरिकाले छनोट भइरहेको छ । 

२०२४ को विश्वकपमा २० टिम सहभागी हुनेछन् । 

आजको खेलमा दर्शकबाट जम्मा भएको रकममध्ये ५० प्रतिशत नेपाल क्रिकेट संघ क्यानले जाजरकोटको भूकम्प पीडितका लागि दिने निर्णय गरेको छ । 

त्यस्तै क्यानले दर्शकका लागि थप रोचक अफर दिने क्रममा छक्का गएको बल एक हातले क्याच गर्ने दर्शकलाई २० हजार रुपैयाँ दिने घोषणासमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ