arrow

प्रेस युनियनका भक्तपुर अध्यक्ष भट्टराईलाई पितृशोक

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
prabal-bhattarai.jpeg
काठमाडौं । नेपाल प्रेस युनियन भक्तपुरका अध्यक्ष प्रवल भट्टराईलाई पितृ शोक परेको छ । भट्टराईका ७५ वर्षीय पिता हरिहर शर्मा भट्टराईको बिहीबार आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 
 
नशा सम्बन्धि रोगले ग्रस्त भएपछि ग्लोबल अस्पतालमा पुर्या‍ईएका उनको उपचार सम्भव नभएको अस्पतालले जनाएपछि उनकै अन्तिम इच्छा स्वरूप दसदानको लागि आफ्नै निवास भक्तपुर पुर्या‍एपछि उनको निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । 
 
उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार हुँदैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ