arrow

नारायणकाजीको नेतृत्वमा मन्त्री र सांसदको टोली भूकम्प प्रभावित क्षेत्रमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
narayankaji-mohan-jwala-shakti-janardan.jpeg

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसद सहितको टोली भूकम्प पीडितको उद्दार, राहत र उपचार अवस्था बुझ्न प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम गएको छ । 

नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्याहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एकहजार ५० स्लिपिङ ब्याग, दुईसय दुई त्रिपाल र एकसय ब्ल्याङ्केटसमेत वितरण गर्नेछ।

टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ