arrow

युद्ध बढ्दै गएपछि गाजाका बासिन्दाहरू पानीको अभाव, समुद्रको पानी पिउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
gaza.jpg

काठमाडौँ । प्यालेस्टाइन–इजरेली युद्ध चर्किँदै गएपछि गाजामा मानवीय सङ्कट झनै विकराल बनेको छ । 

स्वच्छ खानेपानीको अभाव हुँदा तटीय क्षेत्रका बासिन्दाले दैनिक उपभोगका लागि समुन्द्री पानीको सहारा लिएका छन् ।

 गाजा निवासी ओम ओसामाले बिजुली, ग्यास, खानेकुरा र पिउने पानीसमेत नभएको बताए ।

गाजामा केही नभएको र गाजा अहिले घेराबन्दी र घातक युद्धबाट पीडित रहेको गाजा विस्थापित व्यक्ति सईद महमूदले बताए । घेराबन्दी र युद्धले युवा र बालबालिकाको भविष्यलाई मारिरहेको छ ।

त्यस्तै अर्का एक विस्थापितले पानी पिउन समेत नपाउनुले कहिले मर्नुपर्ने भन्ने यकिन नरहेको बताए । उनले खानेकुरा नपाउने ठूलो कुरा नभएको भन्दै उनले पानी समेत पिउन नपाएको दुखेसो गरे । उनले पानीको लागि समुन्द्र एक मात्र विकल्प भएको बताए ।

पानीका लागि समुन्द्र धाउनुपरेको र त्यही बस्ने गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ