arrow

टर्किएका राष्ट्रपतिले भने- युद्धपछिको गाजा स्वतन्त्र प्यालेस्टाइन राज्यको हिस्सा हुनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
turkey1.jpeg

काठमाडौँ । इजरेल–हमास युद्ध समाप्त भएपछि गाजा एक स्वतन्त्र, सार्वभौम प्यालेस्टाइन राज्यको हिस्सा हुनुपर्ने टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका छन् ।

उनले आफूहरूले गाजा एक शान्तिपूर्ण क्षेत्रको रूपमा हेर्न चाहेको बताएका हुन् । उनले गाजा प्यालेस्टाइन राज्यको हिस्सा भएको बताए । 

उनले गाजा पट्टीमा इजरेलको आक्रमणपछि इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई कुनै पनि हिसाबले टर्किएको समकक्षीको रूपमा लिन नसकिने बताए । अन्तर्राष्ट्रिय कूटनीतिमा पूर्ण रूपमा सम्बन्ध तोड्ने कुनै काम नहुने बताए । 

टर्किएका राष्ट्रपतिले टर्किएको मुख्य लक्ष्य इजरेल–प्यालेस्टाइन मुद्दामा अन्तिम शान्ति स्थापना गर्नु रहेको कुरामा जोड दिँदै आफ्नो देशले यस सम्बन्धमा प्रयास जारी राखेको र जारी राख्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ