arrow

जाजरकोटमा सोमबार दुई वटा ठूला पराकम्पन, पुगे ३९७ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
earthquake-j-2080-07-18v.jpg

काठमाडौँ । जाजरकोटमा गत शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पपछि निरन्तर पराकम्पन आइरहेको छ । 

सो क्रममा सोमबार अपरान्ह दुई ठूला पराकम्पन आएका छन् । पहिलो पराकम्पन ४ः३१ बजे रामिडाँडा आसपास केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको आएको छ । 

यो अहिलेसम्मकै ठूलो पराकम्पन हो । त्यस्तै ४ः४० बजे पइन्ट भन्ने ठाउँमा केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । 

उनका अनुसार अहिलेसम्म साना ठूला गरी ३९७ ओटा पराकम्पन आइसकेका छन् । त्यस्तै ४ रेक्टर स्केलदेखिमाथिका ९ वटा पराकम्पन आइसकेका छन् । 

आजको ठूलो पराकम्पनले चर्किएका घरहरुलाई थप असर गरेको छ । 

पराकम्पन आउने क्रम नरोकिँदा स्थानीय अझै त्रासमा छन् । भूकम्पविद्हरुले यो भूकम्प मझौला खालको भएकाले अझै ठूलो आउन सक्ने भन्दै सचेत गराइरहेका छन् । 

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति पुगेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ