arrow

१० हजार नाघ्यो इजरेली आक्रमणमा मृत्यु हुनेको संख्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
israel-gaza-2080-07-19.jpg

काठमाडौँ । प्यालेस्टिनी भूमिमा इजरेली बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको जनाएको छ ।

हमासले इजरेलमा आक्रमण गरेपछि इजरेलद्वारा थालेको कारबाही करिब एक महिनामा १० हजार बढीले ज्यान गुमाएका हुन् ।

गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्रेहले पत्रकार सम्मेलन गरी १० हजार २२ जनाको मृत्यु भएको घोषणा गरेका छन् । 

इजरेली सेनाले गरेको भीषण बमबारीमा आतबार र सोमबारमा कम्तीमा २९२ जना प्यालेस्टाइनीको मृत्यु भएको उनले बताए । 

मन्त्रालयका अनुसार गाजामा युद्ध सुरु भएयता मारिनेमा चार हजारभन्दा बढी बालबालिकासहित अधिकांश सर्वसाधारण रहेका छन् ।

गाजा क्षेत्रमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणका कारण दक्षिणी इजरेलमा एक हजार ४०० जनाको मृत्यु भएको इजरेली अधिकारीहरूले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ