arrow

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई नबिल बैङ्कको एक करोड सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
nabil-rahata-jajarkot-earthquake-victim.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ। प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैङ्कले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो।

जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटद्वारा सञ्चालित एक द्वार राहत सङ्कलन र वितरण केन्द्रलाई बैङ्कको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुबेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन्। 
गत शुक्रवार मध्यरात जाजरकोटलाई केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा पश्चिम नेपालमा ठुलो धनजनको क्षति भएको थियो। प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने नबिल बैङ्कको आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको हो।

प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाका अनुसार बैङ्कले खाद्यान्न, त्रिपाल, ब्लाङ्केट, औषधी लगायतका एक करोड बराबरको राहत सामाग्री उपलब्ध गराउने भएको छ। ‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौँ, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो’, उनले भने । उनले जाजरकोट र रुकुम पश्चिम दुवै क्षेत्रमा राहत सामाग्री उपलब्ध गराउने जानकारी दिए।

राहत सामाग्री बोकेर नबिल बैङ्कको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत सुबेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुगेका थिए। नबिल बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा भइरहेको दैविक प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ