arrow

ज्योति विकास बैंकले भूकम्प पीडितका लागि दियो पाँच लाख 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २२ बुधबार
jyoti-bikas-bank-2080-07-22.jpg

काठमाडौँ । ज्योति विकास बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि सहयोग गरेको छ । बैंकले भुकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा आर्थिक सहयोग गरेको हो । 

सो अन्तर्गत बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा रु ५ लाख आर्थिक सहयोग गरेको हो । उक्त रकम बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्रबहादुर ऐडीले जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरे ।

बैंकले जाजरकोटस्थित शाखामार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत विभिन्न क्षेत्रमा समन्वय र सहयोग गर्दै आएको जनाएको छ । 

बैंकले आगामी दिनहरुमा पनि जाजरकोटस्थित शाखा कार्यालय मार्फत दीर्घकालीन र दिगो कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ