arrow

सय बढी ट्रक इजिप्टबाट गाजा प्रवेश 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
israel-palestine-war-2023.jpg

गाजा । सहायता सामग्री बोकेको सबैभन्दा बढी मात्रामा ट्रकहरु गाजा प्रवेश गरेका छन् । इजिप्टको सीमा क्षेत्रबाट सहायता सामग्री बोकेको १०६ वटा ट्रकहरु गाजामा प्रवेश गरेका हुन् । 

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार बुधवार १०६ ट्रक रफाह क्रसिङ हुँदै गाजा प्रवेश गरेका हुन, जसले धेरै आवश्यक सहायता ल्याएको थियो। दैनिक ३० वटा ट्रक मात्रै प्रवेश गर्दै आएकोमा बुधवार भने झन्डै चार गुणा बढी ट्रक गाजामा प्रवेश गरेका हुन् । 

कुवेतबाट पनि पाँचवटा एम्बुलेन्स गाडी क्रसिङ हुँदै आएको जनाइएको छ ।

पीआरसीएसकाका अनुसार अक्टोबर २७ यता प्रवेश गरेका ट्रकहरूको कुल संख्या अहिले ७५६ रहेको छ । 

तर, यो अझै पनि घेरिएको एन्क्लेभको आवश्यकता भन्दा धेरै कम छ र इन्धनलाई अझै प्रवेश गर्न अनुमति दिइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ