काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका लागि नयाँदिल्ली गएका छन् ।
इण्डिया फाउण्डेसनले गोवामा आयोजना गर्ने कार्यक्रममा भाग लिन देउवा श्रीमती आरजुका साथ शुक्रबार नयाँदिल्ली गएका हुन्।
देउवा आइतबार गोवामा हुने कार्यक्रमका लागि शनिबार गोवा जाने कार्यक्रम रहेको जनाइएको छ । देउवा सो गोष्ठीका प्रमुख वक्ता हुन् ।
फाउण्डेसनको कार्यक्रम सकाएर फर्किएपछिमात्र देउवाले नयाँदिल्लीमा राजनीतिक भेटघाट गर्नेछन् ।