arrow

म्याक एडब्लु र म्याक टाइटानियम ल्युब्रिकेन्टस् नेपाली बजारमा सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
max-lubricants-sipridi-trading-21-years-2023-2080.jpg

काठमाडौँ। भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले म्याक लुब्रिकेन्टस् सँगको सहकार्य २१ वर्ष पुरा भएको अवसरमा म्याकका नयाँ दुई प्रडक्ट एडब्लु र टाइटानियम नेपाली बजारमा सार्वजनिक गरेको छ।

कार्यक्रम भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फबाट पी सुधाहर–कार्यकारी निर्देशक, अमरप्रित सिंह आलुवालिया–हेड ल्युव, ईस्ट्रन रिजन स्ट्राटिजि, मनिन्दर सिंह–डिजिटल ट्रान्सफरमेशन चिफ म्यानेजर, सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, चिफ म्यानेजर  दिनेश केसी साथै म्याकका नेपाल भरी रहेका डिलरहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित महानुभावहरूलाई स्वागत गर्दै सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले आगामी योजनाको बारेमा प्रस्ट पारेका थिए। आफ्ना च्यानल पार्टनरहरूलाई सम्बोधन गर्दै आवश्यक सिप तथा तालिमका लागि कम्पनीका तर्फबाट पूर्ण रूपमा सहयोग गर्न तयार रहेको र समृद्धिका लागि हरदम सँगै रहने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा कम्पनीका चिफ म्यानेजर दिनेश केसीले कम्पनीको आगामी कार्य योजना र उद्देश्यको बारेमा स्पष्ट पारेका थिए। उक्त कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रतिनिधिहरूद्वारा सिक्का एप सार्वजनिक गरिएको थियो। साथै आफ्ना च्यानल पार्टनरहरूको व्यवसायलाई आधुनिक तथा व्यवस्थित गर्नका लागि सो एप अत्यन्त उत्कृष्ट माध्यम हुने विश्वास पनि व्यक्त गरिएको छ।

कार्यक्रममा नेपाल भरी रहेका सिप्रदीसँग आबद्ध डिलरहरू मध्ये उत्कृष्ट डिलरहरूलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो। सो कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले सहभागीहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए। साथै कम्पनीले अपनाउने आगामी रणनीति व्यक्त गर्दै हातमा हात मिलाई निरन्तर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ