arrow

एनओसी मेडिकल कमिसन अध्यक्ष डा. श्रेष्ठको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
dr-saroj-krishna-shrestha-n.jpg

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठको निधन भएको छ । उनको उपचारका क्रममा ६९ वर्षको उमेरमा बिहीबार ललितपुरको बीएण्डबी अस्पतालमा निधन भएको हो । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले डा. श्रेष्ठको निधनले खेलकुद क्षेत्रलाई अपुरणीय क्षति भएको बताएका छन् । हाडजोर्नी विशेषज्ञ डा. श्रेष्ठ ओम अस्पतालमा कार्यरत थिए । 

उनलाई बिहानमात्रै कारमा असहज महसुस भएसँगै बीएण्डबी अस्पताल लगिएको थियो । 

डा. श्रेष्ठ स्पष्ट वक्ता थिए । उनी आफ्नो क्षेत्रका विज्ञ थिए । विशेषगरी उनी एन्टी डोपिङका राम्रो जानकार मानिन्थे । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।

छोरा विदेशबाट आएपछिमात्र उनको दाहसंस्कार गरिने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ