arrow

 नेतान्याहूले भने – गाजामा शासन गर्न चाहेको हैन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
Benjamin-netanyahu.jpg
तस्बिर – फाइल ।

जेरुसलेम । गाजामा शासन गर्न नचाहेको इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जनाएका छन् । इजरेलका प्रधानमन्त्री नेतान्याहूको यो टिप्पणी केही दिनपछि आएको छ, जहाँ उनले युद्ध समाप्त भएपछि इजरेलले प्यालेस्टिनी एन्क्लेभमा ‘अनिश्चित अवधि’ को लागि सुरक्षा नियन्त्रण लिन सक्ने सुझाव दिएको जनाएका थिए । 

अमेरिकामा बिहीबार साँझ प्रसारित फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतान्याहूले इजरेली सेनाले हमासको उन्मूलन नभएसम्म गाजामा आफ्नो आक्रमण जारी राख्नेसमेत बताएका छन् । 

 ‘यसलाई कसैले रोक्न सक्दैन,’ उनले भने।

यसैगरी गाजामा बन्दीहरूलाई रिहा नगरेसम्म इजरेल युद्धविराममा सहमत नहुने नेतान्याहूले पनि दोहोर्‍याएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ