arrow

एफवान सफ्ट ग्रुपबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
f1-soft-group-csr-earthquake.jpg

काठमाडौँ। नेपालको अग्रणी फिनटेक ग्रुप एफवान सफ्ट ग्रुपले जाजरकोट र रूकुप पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ।

ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा बिहीबार रु ३० लाख जम्मा गरेको हो। कोषमा एफवान सफ्ट ग्रुप अन्तरगतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट ग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन्। 

कहिदिन अघि गएको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिम ठुलो जनधनको क्षति भएको छ। उक्त क्षतिमा आफूहरूको सानो सहयोगले पनि केही राहत होस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरिएको एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ