arrow

पर्वमा पनि मानव अधिकार आयोग खुल्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
human-right-nepal.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार तथा छठको बिदामा पनि खुल्ने भएका छन् । कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छन् ।
 
आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमा झैँ यस वर्ष पनि तिहार र छठको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको कार्यालयका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए । 
 
यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ