arrow

इजरेल र हमासबीच वार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २५ शनिबार
israel-palestine-2023i.jpg
तस्बिर – फाइल ।

न्यूयोर्क । प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरेली प्रतिनिधिबीचमा वार्ता शुरू भएको छ । न्यूयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरेलले गाजामा बन्दीहरूको रिहाईका लागि दुई ओटा प्रस्तावहरूमा वार्ता गरिरहेको दाबी गरिरहेको जनाएको छ ।

सो समाचारअनुसार एक जनाले जनाएका छन् कि पहिलो चरणामा थोरै संख्यामा नागरिक रिहाइ गरिने छ भने अर्को छलफलमा १ सय जना पक्राउ परेकाहरू समावेश हुन सक्छन्।

‘विचार भइरहेको एउटा प्रस्ताव अन्तर्गत हमासले युद्धमा छोटो बिरामको बदलामा १० देखि २० नागरिक बन्धकहरू रिहाइ गर्नेछ, जसमा इजरेली महिला र बालबालिका र अमेरिकीसहित विदेशीहरूलाई रिहा हुनेछन, ’ टाइम्सको समाचारमा उल्लेख गरिएको छ । 

अज्ञात इजरेली अधिकारी तथा अरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, यदि सर्तहरू पूरा भएमा लगभग १ सय जना नागरिकहरूको रिहाई हुन सक्छन् । 

‘इजरेली बन्दीहरूको रिहाइको बदलामा हमासले लडाईमा छोटो समय विराम खोज्नेछ । सोही बेला थप मानवीय सहायता, अस्पतालहरूको लागि इन्धन लैजाने बातावरण बनाउने छ भने इजरेली जेलमा रहेका महिला र बालबालिकाको रिहाइको खोजी गरिरहेको भनिएको छ,’ एक अधिकारीले टाइम्सलाई भने । यद्यपि इजरेली अधिकारीहरूले आफ्ना बन्दी रिहा गर्नेमा अनिश्चितता व्यक्त गरेका छन् । 

उक्त वार्तामा कतार मुख्य मध्यस्थकर्ता रहेको र वरिष्ठ अमेरिकी अधिकारीहरू पनि संलग्न रहेको समाचारमा उल्लेख गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ