arrow

लेबनानबाट इजरेललाई दबाब जारी राख्ने हिजबुल्लाह नेताको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २७ सोमबार
Syria_Lebanon_Israel_Map.jpg.jpeg

काठमाडौँ । हिजबुल्लाह नेताले दक्षिण लेबनानबाट इजरेललाई दबाब जारी राख्ने बताएका छन् । जबुल्लाह नेता सय्यद हसन नसरल्लाहले इरान समर्थित सशस्त्र समूहले सैन्य कारबाही गरेर दक्षिणी लेबनानबाट इजरेललाई दबाब दिने बताएका हुन् । 

टेलिभिजन सम्बोधनमा नसरल्लाहले इजरेलको धम्कीको बाबजुद हमासले दक्षिणी इजरेलमा अचम्मको हमला गरेको एक दिनपछि हिज्बुल्लाहले अक्टोबर ८ देखि सैन्य कारबाही गरिरहेको बताए ।

 जसमध्ये अधिकांश ड्रोनबाट हमला भएको थियो । सशस्त्र समूहले इजरेलको विरुद्ध कारबाही बढाएको छ । गत हप्तादेखि बुर्कान मिसाइलहरू तैनाथ गर्दै र दैनिक आधारमा टोही ड्रोनहरू पठाउँदै छ । जसमध्ये केही इजरेली शहर हाइफासम्म पुगेका नसरल्लाहले बताए ।

उनले गाजामा इजरेली आक्रमणलाई समर्थन गरेकोमा अमेरिकाको आलोचना पनि गरे । 

यसैबीच, इजरेलले सीमाबाट २० किलोमिटर गहिराइमा रहेको लेबनानी क्षेत्रमा आक्रमण गरेको छ । हिजबुल्लाहको सहयोगी अमल आन्दोलनका एक सदस्यलाई तोपखानामा मारेको छ । आन्दोलनका अन्य तीन सदस्यहरू घाइते भएका थिए । जसले १८ घरहरू ध्वस्त पारेको थियो र दक्षिणी गाउँहरूमा धेरै आगो लागेको थियो । यो हत्याले लेबनानी पक्षमा मारिनेको सङ्ख्या ९६ पुगेको छ । 

जसमा हिजबुल्लाहका ७५ सदस्य, अमल आन्दोलन, हमास र लेबनानमा इस्लामिक जिहादका १० सदस्य र फोटो पत्रकार सहित ११ जना सर्वसाधारण छन् । हिजबुल्लाहले अक्टोबर ८ मा इजरेलमा हमासको हमलाको समर्थनमा शेबा फार्ममा दर्जनौँ रकेट प्रहार गरेपछि लेबनान–इजरेल सीमामा पाँच हप्ताको लागि तनाव बढेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ