arrow

टिकटक बन्द गर्नु प्रचण्ड सरकारको तानाशाही मनोवृत्ति — सांसद डा शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २७ सोमबार
Sunil-Sharma-Speech-Photo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद डा सुनिलकुमार शर्माले नेपालमा टिकटक बन्द गरेर सरकारले नागरिकको वाक स्वतन्त्रतामाथि अंकुश लगाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो सरकारले प्रतिबन्ध लगाउनु लोकतन्त्रमा नागरिकको “अभिव्यक्ति तथा वैयतिक स्वतन्त्रता” माथि अंकुश लगाएको प्रतिक्रिया दिएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै उनले सरकारको निर्णयको विरोध गरेका हुन् ।

सांसद शर्माले भने, “प्रचण्ड सरकारको यो चरम तानाशाही र अधिनायकवादीशैली हो, नेपाललाई उत्तर कोरिया सम्झने सरकारको गलत मनोवृत्ति हो । यसको म घोर आतत्ति र भ्रत्सना गर्दछु ।” उनले सूचना तथा सञ्चारको प्रयोग र मिडियामाथि अंकुश लगाउने कार्यमा सरकार उद्दत भएको बताए ।

“अहिलेको प्रविधिको युगमा कोहि कसैले सूचना प्रविधिको गलत प्रयोग गरेको भए त्यसलाई ऐनकानुन निर्माण गरेर पनि नियमन र निरुत्साहित गर्न सकिन्छ । तर, टिकटक बन्द नै गर्नु लोकतन्त्रको उपहास हो ।” उनले भने ।  सांसद शर्माले नागरिकको अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रताप्रति सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने बताए ।

नागरिकको मौलिक हक अधिकारमाथि प्रतिबन्ध लगाएर सरकारले हतोत्साहित गर्न खोजेको हुँदा सरकारको निर्णयले प्रजातन्त्र र लोकतन्त्र कमजोर बन्ने टिप्पणी गरेका छन् । सरकारले टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिएर नागरिकको मौलिक हक अधिकारको प्रत्याभूत गर्नुपर्ने उनको भनाई छ ।

सांसद शर्माले भनेका छन्, "नेपालमा टिकटक बन्द गरेर सरकारले नागरिकको वाक स्वतन्त्रतामाथि अंकुश लगाएको छ । सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो सरकारले प्रतिबन्ध लगाउनु लोकतन्त्रमा नागरिकको “अभिव्यक्ति तथा वैयतिक स्वतन्त्रता” माथि अंकुश लगाएको प्रष्ट हुन्छ। प्रचण्ड सरकारको यो चरम तानाशाही र अधिनायकवादीशैली हो, नेपाललाई उत्तर कोरिया सम्झने सरकारको गलत मनोवृत्ति हो । यसको म घोर आपत्ती र भ्रत्सना गर्दछु । अहिलेको प्रविधिको युगमा कोहि कसैले सूचना प्रविधिको गलत प्रयोग गरेको भए त्यसलाई ऐन कानुन निर्माण गरेर पनि नियमन र निरुत्साहित गर्न सकिन्छ । तर, टिकटक बन्द नै गर्नु लोकतन्त्र प्रतिको उपहास हो । नागरिकको अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता प्रति सरकार गम्भीर र जिम्मेवार बन्नै पर्छ तर नागरिकको मौलिक हक अधिकारमाथि प्रतिबन्ध लगाएर सरकारले नागरिकलाई हतोत्साहित गर्न खोजेको छ । यस निर्णयले प्रजातन्त्र र लोकतन्त्र कमजोर बनाउने बाटोमा सरकार हिड्न खोजेको छ । म सरकार संग टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन अनुरोध गर्दछु ।"
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ