arrow

पीडा भूकम्प पीडितका

भूकम्पको १० दिनपछि बल्ल ध्यारगाउँमा आंशिक राहत [फोटोफिचर]

तीनै तहका सरकारमाथि गम्भीर प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २८ मंगलबार
earthquake-j-2080-07-28- (11).jpg

जाजरकोट । जाजरकोटमा गत कार्तिक १७ गएको मझौला खालको शक्तिशाली भूकम्पले गर्दा नलगाड नगरपालिका वडा नं १३ मा पर्ने खालिगुर्ता, रुपा, ध्यारगाउँ लगायतका ठाउँ पनि प्रभावित भए ।

करिब ५०० घर भन्दा बढी घर धुरी रहेको त्यस नगरपालिकामा १० दिनपछि बल्ल राहत पुगेको छ। त्यस क्षेत्रमा हिमपात शुरु भैसकेको अवस्था छ राहत पुगे पनि प्रशस्त राहत नपुग्दा त्यस ठाउँका पीडितहरू चिसोमै रात कटाउन बाध्य छन् ।

जाजरकोटमा यस्ता भौगोलिक जटिलता भएका ठाउँमा समयमा राहत  पुग्न नसक्दा तीनै तहका सरकारमाथि प्रश्न उठेको छ । 

ध्यारगाउँ पुग्न नलगाड नगरपालिकादेखि हिँडेर ३–४ दिनसम्म लाग्ने गर्छ ।

सोमबार हामी नेपालसँगको सहकार्यमा नेपाली सेनाका उपसेनानी सन्देश अधिकारी क्षेत्रीको नेतृत्वमा रहेको श्री चन्दन नाथ गण स्थित नलगाड सुरक्षा बेसको सहयोगमा हेलिकप्टरमा ५०० घरधुरीलाई पुग्ने गरी ५०० ओटा (१२ बाइ १८ को) त्रिपाल, १०० ओटा म्याट, ६० ओटा फाइबर सिरक पठाइ नेपाल प्रहरी र वडा अध्यक्षको रोहबरमा वितरण गरिएको थियो । 

जाजरकोटमा यस्ता भौगोलिक जटिलता भएका धेरै नै गाउँहरु छन् अनि भूकम्प गइसकेको १० दिनसम्म पनि राहत नपाएको पीडितको गुनासो छ  ।

तस्बिर–भावना राउत, नेपाल फोटो लाइब्ररी 

earthquake-j-2080-07-28- (1).jpg
earthquake-j-2080-07-28- (2).jpg
earthquake-j-2080-07-28- (3).jpg
earthquake-j-2080-07-28- (4).jpg
earthquake-j-2080-07-28- (5).jpg
earthquake-j-2080-07-28- (6).jpg
earthquake-j-2080-07-28- (7).jpg
earthquake-j-2080-07-28- (8).jpg
earthquake-j-2080-07-28- (9).jpg
earthquake-j-2080-07-28- (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ