arrow

चार देशीय महिला टी–२० श्रृंखला हङकङमा शुरु, तान्जिनियालाई हराउन नेपाल संघर्षरत

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २९ बुधबार
woment20-cricket-2023.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । चार देशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला आजबाट हङकङमा शुरु भएको छ । पहिलो खेलमा नेपालले तान्जानियासँग खेलिरहेको छ । 

वोङ नाइमा भइरहेको खेल जितका लागि नेपालले ११६ रनको चुनौती पछ्याइरहेको छ । तर नेपालले खराब शुरुआत गरेको छ । नेपालले ३ रन जोड्दा शुरुआती २ विकेट गुमाएसँगै दबाबमा छ । 

यसअघि पहिले ब्याटिङ गरेको तान्जानियाले ७ विकेटको क्षतिमा ११५ रन बनायो । आइसा मोहम्मदले सर्वाधिक २१ रन बनाएको इनिङ्समा संगीता राईले २ तथा पूजा महतो, रुबिना क्षेत्री र इन्दू बर्माले १–१ विकेट लिए । 

नेपालले कात्तिक ३० गते आयोजक हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ । 

शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिमको कप्तानी पहिलो पटक इन्दू बर्माले गरिरहेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ