arrow

चार देशीय महिला टी–२० श्रृंखलामा नेपालको कमजोर शुरुआत, तान्जिनियासँग २७ रनले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २९ बुधबार
woment20-cricket-2023.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । चार देशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले कमजोर शुरुआत गरेको छ । हङकङमा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा बुधबार नेपाल तान्जिनियासँग २७ रनले पराजित भएको हो । 

वोङ नाइमा भएको खेलमा ११६ रनको चुनौती पछ्याएको नेपाल १६.५ ओभरमै अलआउट हुँदै ८८ रनमा समेटियो । सीता रानामगरले ३१ बलमा ४३ तथा कप्तान इन्दू बर्माले १८ बलमा १५ रन बनाइन् । 

त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् । चार खेलाडीले त रनको खातासमेत खोल्न सकेनन् । तान्जिनियाकी सोफिया जेरोमीले ३ विकेट लिइन् । 

नेपालले ३ रन जोड्दा शुरुआती २ विकेट गुमाएको थियो ।  

यसअघि पहिले ब्याटिङ गरेको तान्जानियाले ७ विकेटको क्षतिमा ११५ रन बनायो । आइसा मोहम्मदले सर्वाधिक २१ रन बनाएको इनिङ्समा संगीता राईले २ तथा पूजा महतो, रुबिना क्षेत्री र इन्दू बर्माले १–१ विकेट लिए । 

नेपालले कात्तिक ३० गते आयोजक हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ । 

शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिमको कप्तानी पहिलो पटक इन्दू बर्माले गरिरहेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ