arrow

सी र बाइडेनबीच चार घण्टा लामो वार्ता, सहमति नभएको बाइडेनको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
xi-biden-2023-always.jpg

सान फ्रान्सिस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । सो क्रममा बाइडेनले दुई देशबीचको सम्बन्धको अवस्थालाई  रचनात्मक र फलदायी बैठकको रूपमा वर्णन गरेका छन् ।

उनले सीसँगको वार्तापछि भने, ‘हामीले केही रचनात्मक र फलदायी छलफलहरू गरेका छौँ तर हामी सबै विषयमा सहमत भएका त छैनौँ ।’ उनका अनुसार राष्ट्रपति सीसँगको उनको वार्ता सधै प्रस्ट रुपमा हुने गरेको छ ।

‘मेरो जिम्मेवारी यसलाई तर्कसंगत र व्यवस्थित बनाउनु हो ताकि यसले द्वन्द्वमा नलैजाओस्, अमेरिकाले सबैको बारेमा सोच्ने र गर्ने पनि यही हो। अब पनि एक ठाउँ खोज्न जहाँ हामी सँगै आउन सक्छौँ र जहाँ हामी पारस्परिक चासो पाउन सक्छौँ र सबैभन्दा महत्त्वपूर्ण अमेरिकी जनताको हितमा मैले काम गर्नुपर्ने हुन्छ’ सो भेटपछि राष्ट्रपति बाइडेनले भने । 

बाइडेनले उपराष्ट्रपतिको रूपमा आफ्नो समयमा सीसँग गहिरो सम्बन्ध बनाएका थिए तर जुन पछि बिग्रँदै गयो । तैपनि उनले सीसँग सीधा सिधा वार्ता गरेका छन् ।

‘म मानिसलाई चाँडो चिन्दछु, मलाई उहाँको मोडस अपरेन्डी थाहा छ, मैले उहाँको आँखामा हेरेँ’, उनले भने,  ‘हो हामी बीचमा धेरै नै असहमति छ। उहाँसँग धेरै चीजहरूमा मेरो भन्दा फरक दृष्टिकोण छ तर उहाँ सिधा हुनुहुन्छ ।’

उनका अनुसार दुई नेताबीचमा कुनै समस्या भएमा फोन वार्तामार्फत समस्या समाधान गर्नका लागि सहमत भएका छन् ताकि दुवै देश अगाडि बढ्ने कुरा गर्न चाहन्छन् ।

 चार घण्टा लामो शिखर वार्तामा दुई नेताले फेन्टानिलको प्रवाहलाई रोक्न, सैन्य सञ्चार पुनर्स्थापना र आर्टिफिसियल इन्टेलिजेन्समा सँगै काम गर्ने विषयमा सहमति जनाएको बाइडेनले बताएका छन् ।

बाइडेनले भने कि फेन्टानिलका लागि अग्रसर रसायनहरू कम गर्ने चीनको सम्झौताले जीवन बचाउने र यस विषयमा सीको प्रतिबद्धताको कदर गरेकोसमेत बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ