arrow

चार देशीय महिला टी–२० श्रृंखला

हङकङविरुद्ध नेपालको कमजोर ब्याटिङ, ५६ रनमै अलआउट

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
women-cricket-2023-nep-hongkong.jpeg

काठमाडौँ । हङकङमा जारी चार देश सम्मिलित टी–२० महिला क्रिकेट श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले हङकङसँग खेलिरहेको छ । 

नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै कमजोर प्रदर्शन गरेको छ । नेपाल १८ ओभरमात्रै क्रिजमा टिकेर ५६ रनमा अलआउट भएको छ । का लागि रुबिना क्षेत्रीले ३० बलमा २५ रन बनाए बाहेक कुनै पनि ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् । सीता राना मगरले ९ तथा रोमा थापाले अविजित ७ रन बनाएको इनिङ्समा तीन खेलाडीले रनकोसमेत खाता खोल्न सकेनन् । 

इक्रा शहरले सर्वाधिक ३ विकेट लिइन् । 

पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाललाई फाइनल प्रवेशको सम्भावना जिवितै राख्न हङकङलाई हराउनै पर्ने दबाब छ । 

हङकङ भने पहिलो खेलमा बुधबार जापानलाई हराउन सफल भएको थियो । तान्जानिया भने फाइनलमा पुगेको छ । तान्जानियाले आज भएको खेलमा जापानमाथि १११ रनको फराकिलो जित हासिल गर्यो । 

पहिले ब्याटिङ गरेको तान्जानियाले ९ विकेटको क्षतिमा १३९ रन बनाएकामा जापान २८ रनमै अलआउट भएको थियो । 

नेपाली टोलीमा कप्तान इन्दू बर्मा, उपकप्तान बिन्दू रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् ।

नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ