arrow

दक्षिणी गाजा खाली गर्न इजरेलले फाल्यो पर्चा, आक्रमणको तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
israel-palestine-2023i.jpg
तस्बिर – फाइल ।

इजरेल । इजरेल सरकारले दक्षिणी गाजामा पनि युद्ध गर्ने भएको छ । सरकारका मन्त्रिपरिषदका सदस्यहरुले दक्षिणी गाजामा युद्धका लागि समर्थन जनाएसँगै इजरेलले आक्रामणको तयारी गरेको हो । 

इजरेलको युद्ध मन्त्रिपरिषद्का दुई सदस्य र यसका एक जना पर्यवेक्षकले दक्षिणी गाजामा सेनाको भूमि आक्रमणको विस्तारलाई समर्थन गरेका छन् । एक वरिष्ठ सुरक्षा अधिकारीले इजरेली मिडिया आउटलेट वाल्लालाई बताए ।

स्रोतका अनुसार रक्षा मन्त्री योभ गालान्ट, मन्त्री बेन्नी गान्ट्ज र इजरायली सेनाका पूर्व चिफ अफ स्टाफ गाडी आइसेनकोटले  बन्दीहरूलाई रिहा गर्ने सम्झौतामा जारी वार्तालाई ध्यान नदिई सैन्य कारवाही अगाडि बढाउनु पर्नेमा जोड गरेका छन् ।

हालसम्म इजरेली सेना र प्यालेस्टिनी लडाकुहरू बीचको लडाइँ शहरको उत्तरमा मात्रै केन्द्रित छ । जसले लाखौँ प्यालेस्टेनीहरूलाई दक्षिणतिर भाग्न बाध्य पारेको छ। 

 तर बिहीबार, इजरेली सेनाले दक्षिणी गाजाको खान युनिसका केही क्षेत्रहरूमा पर्चाहरू खसालेका छन् र त्यहाँका बासिन्दाहरूलाई सो क्षेत्र पनि खाली गर्न आदेश दिएका थिए ।

इजरेलले दक्षिणी क्षेत्रहरूमा आफ्नो बमबारी जारी राख्दा त्यहाँका बासिन्दाहरूलाई कहाँ भाग्ने अपेक्षा गरिएको थियो भन्ने स्पष्ट थिएन, जहाँ प्यालेस्टिनीलाई पहिले उनीहरूको सुरक्षाको लागि स्थानान्तरण गर्न आदेश दिइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ