arrow

टी–२० श्रृंखलामा नेपालले जापानलाई ६७ रनले हरायो, संगीताले लिइन् ५ विकेट  

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २ शनिबार
nepal-women-cricket-2023.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालले चार देशीय महिला टी–२० श्रृंखलाको लिगको अन्तिम खेलमा जित हासिल गरेको छ । फाइनल प्रवेशको होडबाट बाहिरिएको नेपालले श्रृंखलाको तेस्रो खेलमा जापानलाई पराजित गरेको हो ।

हङकङमा जारी प्रतियोगितामा नेपालले दिएको ११४ रनको लक्ष्य पप्याएको जापानले २० ओभरमा अलआउट हुँदै ४६ रनमात्र बनाएपछि नेपाल ६७ रनले विजयी भएको हो ।

जापानका लागि मेग ओगवाले १७ रन बनाइन् । कम रनमा समेट्न नेपाली बलर संगीता राईले ५ विकट लिएकी थिइन् । त्यस्तै पूजा महतो र अस्मिना बज्राचार्यले २–२ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गर्दै  ब्याटिङ गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले ३२ बलमा ३८ तथा कप्तान इन्दू बर्माले ३१ बलमा २७ रन जोडिन् । कागज श्रेष्ठले ७ बलमा अविजित रहँदै १५ रन जोडिन् । 

 श्रृंखलामा दुई खेलमा हार र एक खेलमा जितसहित नेपाल र तीनै खेलमा हार बेहोरेको जापान फाइनलको दौडबाट बाहिरिइसकेका छन् । नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो । 

 उपाधिका लागि आइतबार हङकङ र तान्जानिया भिड्ने छन् । तेस्रो स्थानका लागि नेपाल र जापान भिड्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ