arrow

तेस्रो स्थानको भिडन्तमा नेपाल र जापान मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
nepal-women-cricket-2023.jpeg

काठमाडौँ । चार देशीय महिला टी–२० क्रिकेट श्रृंखलाको तेस्रो स्थानका लागि अहिले नेपाल र जापान भिडिरहेका छन् । हङकङमा जारी प्रतियोगिताको तेस्रो स्थानको लागि नेपाल र जापान भिडिरहेका हुन् । 

खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको छ । यसअघि हिजो भएको लिगको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले हराएको थियो । जापान यो प्रतियोगिताकै सबैभन्दा कमजोर टिम हो । 

यो खेलमा पनि नेपाल विजयी हुने अनुमान गरिएको छ । 

नेपाल यसअघि आयोजक हङकङ र तान्जिनियासँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो । जापानले लिग चरणका सबै तीन खेल हारेको थियो । 

लिग चरणमा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापानले २० ओभरमा अलआउट हुँदै ४६ रनमात्र बनाएपछि नेपाल ६७ रनले विजयी भएको हो ।

जापानका लागि मेग ओगवाले १७ रन बनाइन् । कम रनमा समेट्न नेपाली बलर संगीता राईले ५ विकेट लिएकी थिइन् । त्यस्तै पूजा महतो र अस्मिना बज्राचार्यले २–२ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गर्दै  ब्याटिङ गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले ३२ बलमा ३८ तथा कप्तान इन्दू बर्माले ३१ बलमा २७ रन जोडिन् । कागज श्रेष्ठले ७ बलमा अविजित रहँदै १५ रन जोडिन् । 

यसअघि नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले तथा दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो । 

 उपाधिका लागि आजै हङकङ र तान्जानिया भिड्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ