arrow

तेस्रो स्थानको भिडन्तमा नेपालले जापानलाई दियो ११६ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
nepal-women-cricket-2023.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । चार देशीय महिला टी–२० क्रिकेट श्रृंखलाको तेस्रो स्थानका लागि अहिले नेपाल र जापान भिडिरहेका छन् । हङकङमा जारी प्रतियोगिताको तेस्रो स्थानको लागि नेपाल र जापान भिडिरहेका हुन् । 

जितका लागि नेपालले ११६ रनको चुनौती दिएको छ । खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनायो । ओपनर पूजा महतोले ५१ बलमा ४३ रन जोडिन् । त्यस्तै रोमा थापाले २२ तथा रुबिना क्षेत्रीले २१ रन बनाइन् । 

यसअघि हिजो भएको लिगको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले हराएको थियो । जापान यो प्रतियोगिताकै सबैभन्दा कमजोर टिम हो । 

नेपाल यसअघि आयोजक हङकङ र तान्जिनियासँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो । जापानले लिग चरणका सबै तीन खेल हारेको थियो । 

यसअघि नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले तथा दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो । 

 उपाधिका लागि आजै हङकङ र तान्जानिया भिड्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ