arrow

नेपाललाई चार देशीय महिला टी–२० क्रिकेटमा तेस्रो स्थान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
nepal-women-cricket-2023.jpeg

काठमाडौँ । नेपाल चार देशीय महिला टी–२० क्रिकेट श्रृंखलामा तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको भिडन्तमा नेपालले जापानलाई ४५ रनले पराजित गर्यो । हङकङमा जारी प्रतियोगिताको तेस्रो स्थानको लागि भएको भिडन्तमा ११६ रनको चुनौती पछ्याएको जापान ६ विकेटको क्षतिमा ७० रनमा समेटियो । 

ओपनर अकारी निशिमुराले सर्वाधिक २९ रन बनाएको इनिङस्लाई कम योगफलमा रोक्ने क्रममा संगीता राई, इन्दू बर्मा, सीता रानामगर, खुशी डंगोल र सोनी पाख्रिनले १–१ विकेट लिए । 

खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनायो । ओपनर पूजा महतोले ५१ बलमा ४३ रन जोडिन् । त्यस्तै रोमा थापाले २२ तथा रुबिना क्षेत्रीले २१ रन बनाइन् । 

यसअघि हिजो भएको लिगको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले हराएको थियो । जापान यो प्रतियोगिताकै सबैभन्दा कमजोर टिम हो । 

नेपाल यसअघि आयोजक हङकङ र तान्जिनियासँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो । जापानले लिग चरणका सबै तीन खेल हारेको थियो । 

यसअघि नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले तथा दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो । 

 उपाधिका लागि हङकङ र तान्जानिया भिड्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ