arrow

राष्ट्रपति दम्पतीबाट छठीमाताको पूजा आराधना [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
ramchandra-poudel-chhat-208.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी सविता पौडेलका साथ गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर आज छठी माताको पूजा आराधना गरेका छन् । 

ती पूजास्थलमा पुगी राष्ट्रपति पौडेल दम्पतीले अस्ताउँदो सूर्यलाई अर्घदान गरे । राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गरे भने गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर पूजा आरधना गरे । 

राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेश सभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी , काठमाडौँ  महानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष आशामान संगत,छठ पूजा आयोजक समितिका  पदाधिकारीहरूले स्वागत गरेका थिए । 

उनी कमलपोखरीको पूजास्थल पुग्दा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाअध्यक्षहरु, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

chhat-rastrapati-2080 (6).jpg
chhat-rastrapati-2080 (7).jpg
chhat-rastrapati-2080 (8).jpg
chhat-rastrapati-2080 (1).jpg
chhat-rastrapati-2080 (2).jpg
chhat-rastrapati-2080 (3).jpg
chhat-rastrapati-2080 (4).jpg
chhat-rastrapati-2080 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ