arrow

त्रिपालमा बसेका भूकम्पपीडितले ज्यान गुमाउदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
earthquake-tent-jajarkot.jpg

जाजरकोट । यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ । 

भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहेकी खत्रीको आइतबार विहान मृत्यु भएको हो । 

उनी हाल त्रिपालको साहरामा बस्दै आएकी थिइन् । आइतबार विहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए । 

यसअघि चिसोका कारण शनिबार तीन जनाको ज्यान गएको थियो । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको थियो। 

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ