arrow

इन्टेलिजेन्स ब्युरोले एक घरमा भेटायो आधुनिक हतियार

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
gun-adhunik.jpg

काठमाडौँ । सशस्त्र प्रहरी बलले रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद गरेको छ । 

इन्टेलिजेन्स ब्यूरोले रौतहट यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आइतबार ९ एमएम पेस्तोल तीन नाल, त्यसमा प्रयोग हुने १३ थान गोली, छ थान म्याग्जिन र एक थान एयर गन बरामद गरेको हो ।

हतियार लुकाएर राखिएको भन्ने बिशेष सूचनाका आधारमा ब्यूरोले सो घरमा खानतलासी गरेको थियो ।

बरामद हतियारमध्ये २ नाल पेस्तोल ‘मेड इन यूएसए’ र एक थान ‘मेड इन इन्डिया’ लेखिएको प्रहरीको भनाइ छ । 

हतियारसहित मोबाइलको सीमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी नागरिकता समेत बरामद भएको छ । 

सो क्षेत्रमा थप अपरेशन जारी रहेको प्रहरीको भनाइ छ । 

हतियार बरामदपछि स्थानीयले ढुङ्गामुढा गर्दा प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेस देबाहिको गाडिको सीसा फुटेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ