arrow

भूकम्प पीडितलाई सिप्रदीबाट ५५ लाखको राहत वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
sipradi-csr-earthquake-victim-jajarkot-2080.jpg

काठमाडौँ। सिप्रदीद्वारा जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामाग्रीहरू राहत स्वरुप वितरण गरिएको छ। सिप्रदीयन सहायता संस्था, टाटा ट्रस्ट भारत र सिप्रदी ट्रेडिङ्ग प्रालिको संयुक्त प्रयासमा यही कार्तिक २६ गतेका दिन जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र  जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई रु५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको छ।

तिहारमा लक्ष्मी पूजाको दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका ७ जना कर्मचारीहरूले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरू (त्रिपाल, म्याट्रेस, खाद्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपी लगायतका अन्य सामाग्रीहरूको प्याकेज बनाएर सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो। संस्थाको अनुसार हस्तान्तरण गरेको सामाग्रीहरूबाट झन्डै १,२०० घर परिवारका ४,८०० जना भूकम्प पीडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन्।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालको अनुसार, “भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको वैकल्पिक व्यवस्था नभएका पीडितहरूलाई सिप्रदीयन सहायता संस्था, टाटा ट्रस्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्त प्रयासमा स्थानीय प्रशासनसँग समन्वय गर्दै राहत वितरण गरेका छौँ। प्रशासनको अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाद्यान्न र न्यानो कपडाहरू हस्तान्तरण गरेका छौँ र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रूपमा सहयोग पुराउने नै छौँ।”

आठविसकोट, रुकुमका नगर प्रमुख रबी के सीको अनुसार, “जाजरकोट केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प प्रभावित यस नगरपालिका जनताको लागि सिप्रदी सहायता संस्थाले गरेको खाद्यान्न, जिन्सी र औषधि लगायतका सामग्रीको सहयोगप्रति हामी आभारी छौँ। यो सहयोगले यस प्रकोपले दुखमा परेका नगर बासीलाई राहत मिलेको छ।”

विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट सँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनर्स्थापना परियोजना’को सुरुवात गरेको थियो। सो परियोजना अन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अति प्रभावित र वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्य चौकीको पुनर्निर्माण र हस्तान्तरण गरेको थियो।

सिप्रदीयन सहायता संस्थाको बारेमा
सन् २०१२ देखि सञ्चालनमा रहेको सिप्रदीयन सहायता संस्था गैरनाफामूलक, गैरसरकारी तथा गैर राजनीतिक सामाजिक संस्था हो। सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्व जिम्मेवारी सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न यस संस्थाको स्थापना गरिएको हो। यस संस्थाले शिक्षा, स्वास्थ्य, तालिम, खेलकुद, सामाजिक सेवा तथा प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्धार, सहयोग तथा पुनर्स्थापना सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ