arrow

१७ वर्षपछि इजरेलले लेबनानको नाबातीहमा गर्‍यो आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
israel-gaza-2080-07-19.jpg

काठमाडौँ । १७ वर्षपछि इजरेलले लेबनानको दक्षिणी शहर नाबातीहमा आक्रमण गरेको छ । 

लेबनानमा जुलाई २००६ को इजरेली युद्धपछि पहिलो पटक इजरेली ड्रोनले लेबनानको दक्षिणी शहर नाबातीहमा आक्रमण गरेको लेबनानी सैन्य स्रोतले बताएको हो । 

ड्रोनले टुल र कफोर बीचको सडकमा रहेको स्थानीय एल्युमिनियम कारखानामा दुई वटा मिसाइल प्रहार गरेको थियो । कारखानाको केही भाग ध्वस्त भए पनि कुनै चोटपटक मानवीय क्षति नभएको बताइएको छ । 

नाम नखुलाउने शर्तमा श्रोतले इजरेली युद्धक विमान, हेलिकप्टर र ड्रोनले दक्षिणी गाउँ ब्लिडा, ऐतारोन, ऐता अल–शाब, माजदेल जुन र नाकुरामा १० वटा हवाई आक्रमण गरेको र भौतिक क्षति भएको पनि सङ्केत गरेका छन् । 

हिजबुल्लाहले अक्टोबर ८ मा इजरेलमा हमासको आक्रमणको समर्थनमा शेबा फार्ममा दर्जनौँ रकेट प्रहार गरेपछि लेबनान–इजरेल सीमामा ६ हप्तादेखि तनाव बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ