arrow

बझाङमा फेरि गयो पराकम्पन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
bajhang-earthquake-2080-06-16.jpg

काठमाडौँ । बझाङको धमेना केन्द्रबिन्दु भएर चार शमलव पाँच रेक्टर स्केलको पराकम्प गएको छ ।
 
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा पराकम्प गएको हो । 

केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले बझाङमा धमेनामा भूकम्प पछि फेरी पराकम्प गएको जानकारी दिए । 

“धमेना केन्द्रबिन्दु भएर चार शमलव पाँच रेक्टर स्केलकोे पराकम्प गएको हो”, उनले भने, “बझाङ आसपासका जिल्लामा समेत परकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएको छ ।”
 
गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता धेरैपटक परकम्प गएको केन्द्रले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ