- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । फिफा विश्वकप–२०२६ र एएफसी एसिया कप–२०२७ को संयुक्त छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । यमनसँगको पहिलो लेगको खेलमा नेपालले घरेलु दशरथ रंगशालाको मैदानमा बेलुकी ७ बजे खेल्न लागेको हो ।
खेलअघिको प्रिम्याच कन्फरेन्समा सोमबार दुवै टिमका प्रशिक्षक र मुख्य प्रशिक्षकले राम्रो खेल खेल्ने दाबी गरेका छन् ।
फिफा वरीयतामा यमन १५६औँ स्थानमा रहेको छ भने नेपाल १७३ औँ स्थानमा रहेको छ । घरेलु मैदानमा खेल्ने भएकाले नेपालले अनुकूल परिणाम निकाल्ने अपेक्षा गरिएको छ ।
आयोजनाको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दर्शकका लागि साधारण पारापिटतर्फ चार सय र भीआईपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर कायम गरिएको छ । खेलको टिकटहरू खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ ।
त्यसैगरी दर्शकलाई घर फर्कनका लागि बसकोसमेत व्यवस्था रहेको पनि एन्फाले जनाएको छ । एन्फा महासचिव किरण राईले खेल राति सकिने भएकाले यातायात नहुने दर्शकका लागि बसको व्यवस्था गरिएको जनाए ।
विश्वकप एसिया छनोटमा नेपाल समूह एच मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन रहेका छन् । होम एन्ड अवेका आधारमा खेल खेल्न लागिएको हो ।
पहिलो खेलमा नेपाल अवे खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो । ३९ सालपछि नेपालले यूएईसँग खेलेको हो ।
पहिलो चरणमा लाओसलाई हराएर नेपाल दोस्रो चरणमा पुगेको हो ।