arrow

समकक्षी म्याक्रोनसँग चिनफिङको टेलिफोन वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
xi-marcon-reuters.jpg

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँग चीन-फ्रान्स मित्रतालाई अगाडि बढाउन र सम्बन्धलाई नयाँ उचाइमा पुर्याँउन आह्वान गरेका छन्।

सन् २०२४ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सव मनाइँदै गर्दाको पूर्वसन्ध्यामा दुवै पक्षले इतिहासका विभिन्न कालखण्डका आवश्यकतालाई बुझेर मौलिक नियतमा अडिग रहनुपर्ने र परम्परागत मित्रतालाई अगाडि बढाउनुपर्ने राष्ट्रपति सीको धारणा छ ।

समकक्षी म्याक्रोनसँगको टेलिफोन वार्तामा राष्ट्रपति सीले चीन-फ्रान्स सम्बन्धलाई नयाँ उचाइमा पुर्याभउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
 
राष्ट्रपति सीले चिनियाँ बजारमा फ्रान्सेली उत्पादनको बढ्दो अवस्थामा रहेकोमा चीन खुसी रहेको भन्दै चीनमा फ्रान्सेली उद्यमहरूको थप लगानीलाई स्वागत गर्ने बताएका छन् ।

 टेलिफोन वार्तामा उनले फ्रान्समा चिनियाँ उद्यमहरूको लगानीका लागि फ्रान्सले निष्पक्ष र भेदभावरहित व्यापारिक वातावरण उपलब्ध गराउने आशा पनि चीनले लिएको उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ