arrow

भारत र अष्ट्रेलियाबीच बिहीबारदेखि टी–२० श्रृंखला, छानिए खेलाडी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
sad-india-cricket-2023-final.jpg
तस्बिर–विश्वकपको फाइनलमा पराजित भएपछि भारतीय खेलाडीहरुको मैदानमा देखिएको निराशा, क्रिकइन्फो ।

काठमाडौँ । भारत र अष्ट्रेलियाबीच एक दिवसीय विश्वकप क्रिकेट सकिएको तीन दिनपछि नै टी–२० श्रृंखला हुँदैछ । 

विश्वकपको फाइनलमा भारतले अष्ट्रेलियासँग भोगेको हारको पीडा भुल्न नपाउँदै घरेलु मैदानमा पाँच ओटा खेलको टी–२० श्रृंखला खेल्न लागेको हो । 

पहिलो टी–२० बिहीबार विशाखापट्नममा हुँदैछ । प्रतियोगिताका लागि भारतीय टिमको घोषणा भएको छ । 

सूर्यकुमार यादवलाई कप्तानी सुम्पिएको छ । तर विकेटकिपर सन्जु स्यामसनले भने मौका पाएका छैनन् । 

विश्वकप खेलेका तीन खेलाडीले मात्र टी–२० मा ठाउँ पाएका छन् । जसमा सूर्यकुमार, ईशान किशन र प्रसिद्ध कृष्णा सामेल भएका छन् । 

नियमित कप्तान रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजालाई आराम दिइएको छ । 

श्रेयस अय्यरलाई अन्तिम दुई खेलका लागि उपकप्तान बनाइएको छ । शुरुआती तीन खेलमा ऋतुराज गायकवाडले उपकप्तानी सम्हाल्नेछन् । 

अन्य खेलाडीहरुमा यशस्वी जयसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा, वासिंगटन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिस्नोई, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार रहेका छन् । 

अष्ट्रेलियाको टिममा पनि परिर्वतन भएको छ । डेभिड वार्नरले भने नखेल्ने भएका छन् । उनको ठाउँमा अलराउन्डर आरोन हार्डीलाई बोलाइएको छ । त्यसतै कान रिचर्डसनलाई बोलाइएको छ । 

वार्नरले पाकिस्तानविरुद्धको टेष्ट क्रिकेटका लागि तयारी गर्न टी–२० छाडेका हुन् । उनले पाकिस्तानसँगको टेष्ट श्रृंखलापछि संन्यास लिनेछन् । 

अष्ट्रेलियाको टिममा कप्तान पाट कमिन्स, जोश हाज्लेवुड र मिचेल स्टार्क, क्यामरुन ग्रिन र मिचेल मार्श घर फर्कने छन् । टिमको नेतृत्व म्याथ्यु वाडेले गर्नेछन् । 

भारतीय टिम घरेलु मैदानमा पछिल्ला १३ टी–२० श्रृंखलामा अपराजित रहेको छ । पछिल्लो हार सन् २०१९ मा अष्ट्रेलियासँगै मिलेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ