मन्त्री निवास वरिपरि छ महिनासम्म पाँच जना भन्दा बढी भेला हुन निषेध
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
703
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं ३ वरिपरि ६ महिनासम्म पाँच जना भन्दा बढी व्यक्ति भेला हुनसमेत निषेध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आदेश जारी गर्दै पुल्चोकस्थित यूएन हाउस र मन्त्री निवास पुल्चोकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी मानिस भेला हुन, नाराजुलुस, पदर्शन गर्न रोक लगाइएको हो ।
सोमबारमात्रै काठमाडौँमा पनि निषेध क्षेत्र बढाइएको थियो ।