arrow

युद्ध विरामको घोषणापछि बाइडेन, मोदीले गरे निर्णयको स्वागत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
biden-modi.jpg

काठमाडौँ । इजरेल र हमासले गाजामा जारी भीषण युद्ध र बमबारी रोक्न र बन्धकहरूलाई मुक्त गर्न बुधबार भएको सम्झौताको घोषणालाई अमेरिका, बेलायत, जर्मनी र चीनलगायतका विश्व समुदायले स्वागत गरेका छन् । 

इजरेली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा परी करिब एक हजार २०० जनाको ज्यान गएको र नवजात शिशुदेखि वृद्धवृद्धासम्मका करिब २४० जनालाई बन्धक बनाइएको थियो।

इजरेलले गाजामा बमबारी अभियान र स्थलआक्रमणको साथ जवाफी कारबाही शुरू गरेको थियो । हमासको प्रभाव रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरेली कारबाहीमा बुधबारसम्म हजारौं महिला तथा बच्चाहरूसहित १४ हजार १०० व्यक्तिको मृत्यु भएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले कतार र इजिप्टका नेताहरूलाई सम्झौतामा पुग्न ‘महत्वपूर्ण नेतृत्व’ का लागि धन्यवाद दिएका छन् । 

“म असाधारण रूपमा खुसी छु कि यी मध्ये केही बहादुर आत्माहरूको यो सम्झौता पूर्ण रूपमा लागू भएपछि उनीहरूका परिवारसँग पुनर्मिलन हुनेछ,” बाइडेनले बन्धकहरूलाई सङ्केत गर्दै भने ।
 
बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले यो सम्झौतालाई ‘बन्धक बनाइएका परिवारलाई राहत प्रदान गर्ने र गाजामा मानवीय सङ्कटलाई सम्बोधन गर्ने दिशामा महत्वपूर्ण कदम’ भन्एका छन् । 

जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले सम्झौताको स्वागत गर्दै यो सम्झौतालाई गाजाका जनताका लागि महत्वपूर्ण सहयोगका लागि प्रयोग गर्नुपर्ने बताएका छन् । 

जी–२० शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरेल र प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) बीच भएको सम्झौताको स्वागत गरेको बताएका छन् । 

प्रधानमन्त्री मोदीले आफूले ‘इजरेली बन्धक छुटाउने र गाजामा युद्धविराम गर्ने सम्झौताको स्वागत’ गरेको बताएका हुन् । उनले भने, “जहाँ भएपनि युद्धका कारण सर्वसाधारणको मृत्यु हुनु निन्दनीय घटना हो ।”
 
चीनले सम्झौता मानवीय सङ्कटको दुर्दशालाई कम गर्न महत्वपूर्ण कदम भएको जनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, ''यसले मानवीय सङ्कटको दुर्दशा, द्वन्द्व र तनाव कम गर्न मद्दत गर्नेछ भन्ने बेइजिङले आशा गरेको छ ।”

क्रेमलिनले यस सम्झौतालाई ‘धेरै लामो समयपछि गाजाबाट प्राप्त पहिलो शुभ समाचार’ भनेको छ र ‘यस प्रकारका यसद्धविरामहरूको आधारमा मात्र दिगो समाधानमा भविष्यका प्रयासहरूको केही रूपरेखा कोर्न सकिने’ बताएको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले सम्झौताको स्वागत गर्दै यस कदमले प्यालेस्टिनी जनताको वैध अधिकारको प्रत्याभूति गर्न अन्तिम र दिगो समाधानमा पुग्ने इजिप्टको प्रयासलाई निरन्तरता दिने बताउएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ