arrow

यी हुन् मन्त्रिपरिषदका पाँच निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
cabinet-2080-08-07b.jpg

काठमाडौँ । उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

बिहीबार बिहान बसेको मन्त्रिपरिषदले विभिन्न पाँच निर्णय गरेको छ । ती यी हुन् –

१, विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने ।

 २, प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड रुपैयाँ) अनुदान स्वीकृत गर्ने ।

३, सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने– राप द्धितीय श्रेणी, सरकारी वकिल, राप द्धितीय श्रेणी उपसचिव (राजश्व, प्रहरी नायव उपरीक्षक र राप तृतीय डाटा एनाइलाइटिस्ट ।

४, नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८०–०७–२४ गतेबाट लागू हुने गरी स्वीकृत गर्ने ।

५,  उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ