arrow

अस्ट्रेलियाविरुद्धको टी–२० श्रृंखलामा भारतको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
suryakumar-yadav-ishant-kishan.jpg

काठमाडौँ । भारतले अस्ट्रेलिया विरुद्धको टी–२० क्रिकेट श्रृंखलामा विजयी शुरुआत गरेको छ । बिहीबार भएको ५ खेलको श्रृंखलाको पहिलो खेलमा भारत २ विकेटले विजयी भयो ।  

अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्य पछ्याएको भारतले एक बल खेल्न बाँकी छँदै ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । भारतका लागि कप्तान सूर्यकुमार यादवले ४२ बलमा ८० रन बनाए । उनी प्लेयर अफ द म्याच भए । इशान किशनले ५८ तथा रिंकु सिंहले १४ बलमा २२ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ३ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । जोश इंग्लिसले ५० बलमा ११० रन बनाएका थिए भने स्टिभ स्मिथले ५२ रन बनाएका थिए ।

यो जितपछि भारतले ५ खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुने तालिका रहेको छ ।

दुवै टिममा नियमित कप्तानहरु छैनन् भने सिनियर खेलाडीहरु पनि कम रहेका छन् । हालै विश्वकप एक दिवसीय क्रिकेटको फाइनलमा अष्ट्रेलियाले भारतलाई हराएर छैटौँ पटक उपाधि जितेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ