arrow

बागमती केपी ओली कपको सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
kp-oli-cup-2080q.jpg

काठमाडौँ । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ। पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णालीलाई ९० रनले पराजित गर्दै बागमतीले विजयी यात्रालाई निरन्तरता दिएको हो ।  

यस जीतसँगै बागमती सेमिफाइनलमा पुगेको छ । पहिले ब्याटिङ गरेको बागमतीले पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा १८९ रन बनाएको थियो। 

बागमतीको लागि रित गौतमले ५९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाए, ईशान पान्डेले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रन जोडेका थिए । सन्दीप लामिछानेले ४ विकेट लिएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ