arrow

तेइसौँ पर्सा दिवसमा विभिन्न विधाका दक्ष व्यक्तित्व सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ९ शनिबार
parsa-day-2080-08-09.jpg

काठमाडौँ । तेइसौँ पर्सा दिवसमा १० विभिन्न विधाका व्यक्तित्वहरु समानित भएका छन् । काठमाडौँमा शनिबार गरिएको विशेष कार्यक्रममा विभिन्न दश विधाका व्यक्तित्वलाई सम्मान गरिएको आयोजक पर्सा मिलन केन्द्रका अध्यक्ष उमेशकुमार गुप्ता रौनियारले बताए । 

उनका अनुसार शिक्षातर्फ प्राडा. रामदेव तिवारी, स्वास्थ्यतर्फ स्त्री रोग विशेषज्ञ प्राडा. अचला वैद्य, कलातर्फ लोकगायक सलीम अहमद, साहित्यतर्फ कवि दिनेश गुप्ता, उद्योगतर्फ ताराचन्द्र केडिया, व्यवसायतर्फ उर्मिला श्रेष्ठ प्रधान, खेलकुदबाट कुस्तीका राष्ट्रिय खेलाडी कुन्दन साह तुरहा, सामाजिकतर्फ मनोज राम, संचारतर्फ रेडियोकर्मी ध्रुवकमार साह तेली र विज्ञान तथा प्रविधितर्फ इञ्जिनियर चन्द्रेश्वर राई सम्मानित भएका छन् । 

त्यसैगरी विभिन्न ३४ जना विभिन्न विधाका दक्षहरुलाई कदरपत्र प्रदान गरिएको छ । जसमा पहिलो मिस नेपाल रुवी राणा शाह, मिस नेपाल इन्टरनेशनल प्रशिद्धी शाह, एसिड आक्रमण विरुद्धकी सामाजिक अभियन्ता मुस्कान खातुन, बालविवाह विरुद्धको सामाजिक अभियन्ता रिन्कु ठाकुर लगायत रहेका छन् । 

सम्मानित हुनेहरुलाई उपराष्ट्रपति रामसहाय यादव र उद्योग तथा वाणिज्य मनत्री रमेश रिजालले सम्मान गरेका हुन् । 

२००७ सालमा पर्साबाट प्रजातन्त्रका लागि भएको आन्दोलनको सम्झनामा हरेक कार्तिक २६ गते यो कार्यक्रम गर्ने गरिएको भए पनि यसपालि तिहारको लक्ष्मीपूजा परेकाले मंसिर ९ गते गरिएको अध्यक्ष गुप्ताले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ