arrow

लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि नोर्बुलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
laxmi-bank-award-2080-08-10.jpeg

काठमाडौँ । लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फको आठौँ संस्करणको उपाधि नोर्बु छिरिङ शेर्पाले जितेका छन् । शनिबार गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा दुई ह्यान्डिक्याप ४१ स्टेबलफोर्ड अंक जोडेर शेर्पाले उपाधि जितेका हुन् ।

आशिष श्रेष्ठ ४० अंक जोड्दै उपविजेता बने । उनले ११  ह्यान्डिक्यापमा खेलेका थिए । ताशी डोङले ३९ ग्रस अंक जोड्दै उत्कृष्ट ग्रसको अवार्ड जितेकी छिन् । 

महिलातर्फ सुमित्रा खड्का ३४ अङ्कका साथ विजेता र आरती राणा ३३ अङ्कका साथ उपविजेता भइन् । मेजर जनरल (निवृत्त) महेश विक्रम कार्की टेन्डी शेर्पासँग बराबरी भएपछि काउन्ट ब्याकमा ३४ अंकका साथ सिनियर (६० वर्ष र सोभन्दा माथि) विजेता बने । 

सद्भाव आचार्यले लङ्गेस्ट ड्राइभको अवार्ड, ताहिर शाहले क्लोसेस्ट पिन र वाङ्चेन धोन्डुपले चार बर्डी र एक इगलसहित मोस्ट बर्डिजको अवार्ड पाए । 

लक्ष्मी सनराइज कलरको पहिरन लगाएका विजयबहादुर श्रेष्ठले मोस्ट एलिगेन्ट गल्फर अवार्ड पाए ।

लक्ष्मी सनराइज बैंकद्वारा प्रायोजित स्टेबलफोर्ड फर्म्याटमा ३/४ ह्याण्ड्यापसहित खेलाइएको उक्त प्रतियोगितामा सात महिला गल्फरसहित ९६ गल्फ खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजेताहरुलाई लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ