arrow

वेस्ट बैंकमा इजरेली सेनासँगको झडपमा सात प्यालेस्टाइनीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
isreal-gaza-air-strike.jpeg

काठमाडौँ । वेस्ट बैंकमा इजरेली सैनिकहरूसँगको झडपमा कम्तीमा सात जना प्यालेस्टाइनीको मृत्यु भएको छ । 

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जेनिन शरणार्थी शिविरमा रहेको एउटा घरमा इजरेली बम विस्फोटमा परी थप एक युवकको मृत्यु भएको जनाइएको छ ।

 केही घण्टाअघि जेनिनका विभिन्न स्थानहरूमा मुठभेडका क्रममा इजरेली सेनाको गोलीबाट चार प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

इजरेली सेनाले जेनिन शरणार्थी शिविरमा आफ्नो अपरेशनको क्रममा पाँच प्यालेस्टिनीहरूलाई मारेको बताएको छ । 

यो वर्षको सुरुमा इजरेली बुबा र छोराको हत्या गरेको शङ्कास्पद एक प्यालेस्टाइनीलाई पक्राउ गरिएको थियो । 

प्यालेस्टाइनी रेड क्रिसेन्टकाअनुसार नाब्लस शहरमा इजरेली सेनाले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । 

अल–बिरेह सहरमा, सिगोट बस्ती नजिकै इजरेली सेनाको गोलीबाट एक १६ वर्षीय बालकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

इजरेलले यी दुई घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । 

अक्टोबर ७ मा इजरेली–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण शुरु भएदेखि वेस्ट बैंकमा इजरेलीबाट कम्तीमा २४० प्यालेस्टाइनीको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ